नेपाललाई हिन्दुराष्ट्र बनाउन ढिला भइसक्यो : अध्यक्ष लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई हिन्दुराष्ट्र घोषणा गर्न ढिला भइसकेको तर्क गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशत भन्दा धेरै हिन्दुहरु भएको नेपाल धर्म निरपेक्ष नभएर हिन्दुराष्ट्र बनाउन ढिला भइसकेको बताएका छन् ।

हिन्दु परम्परा, गौरव र संस्कृतिलाई हिन्दु आफैंले बोक्नलाई लाज मान्न थालेको भन्दै उनले असन्तुष्टि जनाए ।

हजारौं वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म,परम्परा,संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौ ।’

उनले धार्मिक संघसंस्थामा रहेका अगुवाहरुले समेत धर्म निरपेक्षलाई अवलम्बन गरेका प्रति असतुष्टि पोखे ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।