काठमाडौँको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  काठमाडौँको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। 

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो। 

उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन । उनको प्राथमिक उपचार गरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।