डोल्पामा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते, दुईको अवस्था गम्भीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा ।​ हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।​

ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त ३५७८ नंम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो।​

घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंले जानकारी दिए। घाइतेमध्ये दुईजनाको अवस्था केही गम्भीर रहेको प्रहरी निरीक्षक चापागाईंको भनाई छ।

ट्याक्टर चालक सुरज बोहराले भित्तिमा अत्यधिकमात्रामा मादकपदार्थ सेवन गरेर चलाएकाले दूर्घटना भएको प्रारभ्मिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।