माओवादी केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधवार सुरु भएको बैठकमा शुक्रबारसम्म १ सय ४१ जना नेताले आफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल केन्द्रित रहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी कार्यालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।