प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिश भएका छन्।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको हो। संवैधानिक परिषद्का एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिश गरेको बताए।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठ सहित ११ जनाको रोस्टर पठाएको थियो। रोस्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिश गरिएको तिमिल्सिनाले बताए।

अब संसदीय सुनुवाइ समितिमा उनको नाममाथि सुनुवाइ हुनेछ। सुनुवाइ समितिले पारित गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गरिने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिंदै छन्। त्यसपछि श्रेष्ठले सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्। उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।