छात्रवृत्तिका विद्यार्थीका लागि तोकियो परीक्षा केन्द्र, प्रवेश पत्र अनलाइनबाटै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले १५ वटा परीक्षा केन्द्र तोकेकाे छ । महानगरले भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्वरमा परीक्षा केन्द्र तोकेको हाे ।

यस्तै पद्मकन्या विद्याश्रम मा. वि., डिल्लीबजार, पद्मोदय मा. वि. रामशाहपथ, पशुपति मित्र मा. वि. चावहिल, रत्नराज्य मा. वि. बानेश्वर, सहिद शुक्र मा. वि. बागबजार, संस्कृति मा. वि. रानीपोखरी, शान्ति शिक्षा मन्दिर मा. वि. ठँहिटी, सिद्धेश्वर मा. वि. शान्तिनगर ताेकिएका छन् ।

छात्रवृत्तिकाे लागि परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना रहेको जनाइएकाे छ । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना छन् । त्यसपछि व्यवस्थापनमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जना छन् ।

सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जना छन् । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन् । यी ३ वटै विषयका विद्यार्थीहरुको परीक्षा केन्द्र कुलेश्वर मा. वि., कुलेश्वरमा राखिएको छ ।

साउन २० गते शनिवार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि आजदेखि विद्यार्थीहरुले प्रवेश पत्र लिन सक्नेछन् ।

प्रवेश पत्र कसरी लिने

entrance.kathmandu.gov.np गएपछि Check Your Status लेखिएको ठाउँ भेटिन्छ । यसमा थिचेपछि केही विवरण भर्ने फारामको पेज आउँछ । आवश्यक विवारण भरेपछि प्रवेशपत्र देखिनेछ त्यही प्रिन्ट गर्न मिल्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।