रास्वपाले चितवनमा ‘ब्लू बस’ चलाएर सस्तो राजनीति गर्न खोज्यो : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ मा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले यो कुराले हामी कता जान खोज्दैछौं भन्ने प्रश्न उब्जिएको उल्लेख गरेका छन् ।

‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’उनले लेखेका छन्,‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् जिज्ञासा उठ्नु स्वाभाविक हो ।’

नेपाली समाजमा यतिबेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता र चितवन महिला जागरण र जागृतिको थलो भएको उनले उल्लेख गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।