ललितपुरमा लम्पी स्किन बढ्ने क्रममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । जिल्लामा लम्पी स्किन सङ्क्रमण बढ्ने क्रममा देखिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा‍‍. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार ४३१ पशु सङ्क्रमित भएका छन्। 

सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन्।  थप क्षति नहोस् भनेर सजकता अपनाएको केन्द्रले जानकारी दिँदै उनले जिल्लाभरमा आठ हजार ३०० गाईभैँसीलाई खोप लगाइसकेको जानकारी दिइन्।  उनका अनुसारगोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाइएको छ। यहाँ सङ्क्रमित गाईबस्तुको सङ्ख्या २९६ पुगेको छ।

   

‘उपत्यकामा कूल सङ्क्रमित पशुको सङ्ख्या १२ हजार ८७३ पुगेको छ’, उनले भनिन्, ‘गाईभैँसी सङ्क्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको सङ्ख्या १७४ पुगेको छ।’ काठमाडौं उपत्यकाभरका १७ हजार ९८८ गाईभैँसीलाई खोप लगाइसकेको उनले बताइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।