सन्दीप ‘प्लेयर अफ द म्याच’ घोषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो सिजनको ग्लोबल टी–२० क्यानडामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ५ खेलमा बलिङको मौका पाउँदा १० विकेट लिइसकेका छन् ।  

सर्रे जग्वार्सबाट लिग खेलिरहेका सन्दीपले गएराति मिसिसौगा प्यान्थर्सविरुद्धको खेलमा घातक बलिङ गर्दै  ‘प्लेयर अफ द म्याच’ घोषित भए ।  उनले ४ ओभरमा ६ रन मात्र लिएर महत्वपूर्ण ३ विकेट लिए । 

सन्दीपले आजम खान (२), टम कूपर (०) र जाहूर खान (१) को विकेट लिएका हुन् ।  सन्दीपले ५ खेलमध्ये २ मा ३/३ तथा २ खेलमा २/२ विकेट लिएका छन् ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।