मासिक १ लाख ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा रवि लामिछानेको ‘फ्री बस’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क बस सेवा सुरु गरेको बस भाडामा लिएको पाइएको छ । 

बस मासिक एक लाख ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा लिइएको हो। लामिछानेले भने बस कसको हो र मासिक कति भाडा तिर्ने गरी ल्याएको भन्नेबारे खुलाएका छैनन् । 

यो बसमा चितवन क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउनेछन्।  समाजमा भएका स्रोतहरू, मान्छे, संघ, संस्था, डोनरहरूलाई परिचालन गरेर, शुभचिन्तकहरूको साथ लिएर बस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ।

‘कुनै पनि चिज मान्छेले खल्तीबाट गर्ने कुरा होइन। व्यवस्थापन गर्ने कुरा हो। त्यसलाई हामी कहाँबाट कसरी गरियो भन्ने कुरा सार्वजनिक पनि गर्छौं,’ उनले भने।

पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर बसको सेवा सुरू गरिएको छ। बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुने लामिछानेले बताए। कार्डमार्फत् बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ। महिलाहरूलाई दिइएको कार्डमा लामिछानेले नमस्कार गरेको तस्बिर अंकित छ।

निलो रङको यो बस  हरेक बिहान शक्तिखोरबाट छुट्ने बसले कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा सेवा दिनेछ। भरतपुरका विभिन्न सडक हुँदै शिवघाटसम्म पुग्ने बस साँझ फेरि शक्तिखोर फर्कनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।