साईबर सुरक्षा विनियमावली संशोधनमा प्राधिकरणले माग्यो सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं ।  नेपाल दुरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली संसोधनका लागि सुझाव माग गरेको छ।

साइबर सुरक्षाका मापदण्ड तथा उत्कृष्ट अभ्यासको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार र सूचना प्रणालीलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट बचाउनका लागि संसोधन गर्न लागिएको उल्लेख गर्दै प्राधिकरणले त्यसका लागि सुझाव माग गरेको हो।

यस्तै सूचना तथा सञ्चार प्रविधिका सेवाहरु प्रयोग गर्नेतर्फ सेवाग्राहीहरुको विश्वसनियता कायम राख्न पनि संसोधन आवश्यक भएको प्राधिकरणले जनाएको छ। 

नेपाल दुरसञ्चार प्राधिकरणले दुरसञ्चार ऐन २०५३ को दफा ६२ ले दिएको अधिकारको प्रयाग गरी साइबर सुरक्षा विनियमावली २०७७ लागू गरेको थियो। 

हाल प्राधिकरणबाट उक्त विनियमावली संसोधन प्रक्रिया अघि बढेकाले सबै सरोकारवाला लगायत विनियमावलीका व्यवस्था पालना गर्ने दूरसञ्चार सेवा प्रदायकका कुनै पनि समस्या र विनियमावली संसोधन गर्नुपर्ने विषय भए सूचना प्रकाशित भएको मितिले तीस दिनभित्रमा बूँदागतरुपमा संसोधन गर्नुपर्नाका कारणसहित लिखितरुपमा राय, सुझाव दिन भनिएको छ।   

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।