आविष्कार केन्द्र बनाउन म्यागेसेसे पदक बेच्दै महावीर पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् ।

पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ ।

यस्तै, डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कारको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । इन्टरनेट हल अफ फेम २०१४ को सुरुआती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ । यस्तै, राष्ट्रदीप पदकको मूल्य दुई हजार ५०० अमेरिकी डलर र युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्डको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ ।

बोली लगाउन आफूलाई म्यासेज गर्न र हेर्नका लागि केही दिनमा यी मेडल राष्ट्रिय आविष्कार केन्द्रमा राखिने फेसबुक पोस्टमा लेखिएको छ ।

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् । पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ । यस्तै, डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कारको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । इन्टरनेट हल अफ फेम २०१४ को सुरुआती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ । यस्तै, राष्ट्रदीप पदकको मूल्य दुई हजार ५०० अमेरिकी डलर र युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्डको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । बोली लगाउन आफूलाई म्यासेज गर्न र हेर्नका लागि केही दिनमा यी मेडल राष्ट्रिय आविष्कार केन्द्रमा राखिने फेसबुक पोस्टमा लेखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।