पार्टी पुनर्निर्माणसँगै विघटनको खतरा पनि छ : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनःनिर्माणको सम्भावनासँगै विघटनको खतरा पनि रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले पार्टी पुनर्निमाणको सम्भावना जति छ, पार्टी विघटन हुने खतरा पनि उत्तिकै रहेको बताएका हुन्। 

श्रमजीविभन्दा सभ्रान्त वर्ग खोज्दै हिँड्ने नकारात्मक प्रवृत्ति पार्टीभित्र बढेको उनको भनाई छ ।  माओवादीको केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल र बहस हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।