न्यूरोडमा ८ तला माथिबाट हामफालेर व्यापारीले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौको न्यूरोडमा ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट माथिबाट हामफालेर आत्महत्या गरेका छन् ।  

मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् ।  काठमाडौं महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका छन् । उनी कपडाको व्यापार गर्दै आएका थिए । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।