जिल्लाको आदेशविरुद्ध खाण, रायमाझीसहितका प्रतिवादी उच्च अदालतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् ।

पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझी,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका प्रतिवादी आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै अदालत पुगेका हुन् ।

यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

उनीहरुले मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।