धितोपत्र बोर्डले सार्वजनिक गर्यो चालु आवको वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आइतवार आफ्नो वेवसाईटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रममा विभिन्न नियमावली, विनियमावली, निर्देशिका बनाउने, त्यसको कार्यान्वयन गर्ने लगायत रहेका छन् ।

सेबोनले यसअघि गत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, वेबसाइटमार्फत गर्ने कि औपचारिक कार्यक्रममार्फत सार्वजनिक गर्ने भन्ने टुंगो नलागेपछि शुक्रबार सार्वजनिक हुन सकेन।

बोर्डले चालु आर्थिक वर्षभित्र वस्तु विनिमय बजार (कमोडिटी) सञ्चालनमा ल्याउनेदेखि गैर आवासीय नेपालीलाई पुँजी बजारमा सहज प्रवेशको लागि आवश्यक कानुनी र संस्थागत पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन कानुन संशोधन र परिमार्जन गर्ने उल्लेख गरेको छ।

बोर्डले नविनतम उद्यम व्यवसायको प्रर्वद्धन गर्न आवश्यक पुँजी परिचालनको लागि प्राइभेट इक्विटि, भेन्चर क्यापिटल जस्ता अर्थप्रणालीको निर्माण गर्ने विशेष नीति लिएको छ।

नीति तथा कार्यक्रममा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ सहित ७४ वटा कार्यक्रम रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।