कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइट नोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइट नोट फेला परेको छ।  

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा ताम्राकारले  मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।   

ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

सारुक गत असार २१ गते, बिहीबार साँझ काठमाडौंको रातोपुलस्थित आफ्नो घरमा मृत फेला परेका थिए। 

प्रहरीले घटनास्थलमा चेकजाँच गर्दा कुनै नोट फेला पारेको थिएन्। घटनास्थलमा फेला परेको उनको मोबाइल प्रहरीले परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।