उपचाररत बिरामीको भिडियो मञ्जुरीबिना सामाजिक सञ्जालमा राख्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्वीर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने बताए ।

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । रजिष्ट्रार डा अधिकारीले भने, ‘चिकित्सकले पेसागत मर्यादाविपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।’

सो नियमावली विपरित भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।