काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।
संघीय संसदका दुवै सदनबाट पारित भएर शीतल निवास पुगेको विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ । अब राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ ।
प्रतिनिधिसभाले ३१ असारमा पारित गरेको उक्त विधेयक राष्ट्रिय सभाबाट साउन १० गते सर्वसम्मत पारित भएको थियो ।
Comment