बलात्कारको आरोपमा इन्जिनियर हरि कुमार पोखरेल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई शुक्रबार बिहान त्रिपुरेश्वस्थित ब्लु क्रस अस्पतालबाट पक्राउ गरेको हो।

परिसरका प्रवक्ता सिताराम रिजालले पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको जानकारी दिए।

केही दिन अघि रामेछाप घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीया महिलाले आफूलाई पोखरेलले बलात्कार गरेको आरोप लगाउँदै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।

उक्त भिडियो सार्वजनिक भएपछि पोखरेलमाथि कारबाही हुनुपर्ने आवाज उठेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।