कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदातलले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति  बदर गरिदिएको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।

प्रदेश सभाका सभामुखले पनि मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ। 

कोशी प्रदेश सरकार निर्माणमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर असंवैधानिक रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको भन्दै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।