कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज फैसला आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको फैसला बिहीवार आउने भएको छ। 

सर्वोच्च अदालतमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकेको थियो। तर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सुनुवाइ सकिएको र बिहीबार अन्तिम आदेश नै गर्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ।  नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा हालै बनेको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने भएकाले फैसला महत्त्वपूर्ण मानिएको छ।

मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक भएको भन्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।