सियोमा पनि विदेशकै भर, एक वर्षमा २ करोड ७१ लाखको आयात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।

भन्सार विभागका अनुसार गत पछिल्लो एक वर्षको अवधिमा दुई करोड ७१ लाख ९७ हजार रुपैयाँको ६ करोड ६४ लाख ४८ हजार ६१२ थान सियो आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले दुई करोड १५ लाख ९३ हजार रुपैयाँको सियो आयात गरेको थियो । उक्त रकममा तीन करोड ७३ हजार २३२ थान सियो नेपाल भित्रिएको थियो ।

नेपालले चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, ताइवान र अमेरिकाबाट सियो आयात गर्ने गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।