भूमिगत पानी निकाल्न अनुमति अनिवार्य, पुरानालाई नवीकरण गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय नेपालमा भूमिगत पानी निकाल्ने प्रचलन बढ्दै गएको छ। पाइपबाट आउने पानी धेरै क्षेत्रमा नियमित नहुने भएपछि भूमिगत पानी निकालेर प्रयोग गर्ने प्रचलन बढेको हो।

विशेष गरेर सहरी क्षेत्रमा त्यही पानीको स्रोतलाई पिउन, नुहाउन र अन्य दैनिक काममा प्रयोग बढ्दो रुपमा छ। तर भूमिगत पानीका श्रोतहरुको प्रयोग भने आफूखुसी गर्न पाउँदैन।

काठमाडौं उपत्यका खानेपाली व्यवस्थापन वोर्डबाट भूमिगत पानी निकाल्नका लागि उक्त वोर्डको अनुमति लिनुपर्छ। महानगरपालिकाले भूमिगत स्रोतको पानी उपयोग गर्न अनुमतिपत्र लिन र पुराना उपभोक्तालाई अनुमतिपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

“भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्ने सम्बन्धि निर्देशिका २०७१ को दफा ३ बमोजिम अनुमतिपत्र लिने र सोही निर्देशिकाको दफा २० ‘अनुमतिपत्र नवीकरण सम्बन्धि व्यवस्था’ बमोजिम सूचना प्रकाशन गरेको मितिदेखि १५ दिनभित्र अनुमतिपत्र लिनुहुन/नवीकरण गरिसक्नुहुन यो सूचना अन्तिम पटकको लागि प्रकाशन गरिएको छ,” महानगरले सूचना जारी गर्दै भनेको छ ।

तोकिएको समयभित्र अनुमतिपत्र नलिने वा नवीकरण नगराउने उपभोक्ताहरूको विस्तृत नामावली राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिने महानगरले जनाएको छ ।

अनुमतिपत्र नलिने वा नवीकरण नगराउने उपभोक्ताहरूलाई जरिबाना एवं अनुमतिपत्र रद्द गरी भूमिगत स्रोतको पानी उपयोगमा रोकसमेत लगाइने महानगरको चेतावनी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।