रास्वपा बझाङका जिल्ला संयोजक खड्का निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ ।

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

घटनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।