यी हुन् कोलेस्ट्रोल कम गर्ने पाँच उपाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । के तपाईलाई थाहा छ शरीरमा कोलेस्ट्रोलको स्तर कायम राख्न कत्तिको महत्त्वपूर्ण छ?

कोलेस्ट्रोल शरीरमा कलेजोद्वारा उत्पादित बोसो जस्तै पदार्थ हो। कलेजोले प्राकृतिक रूपमा शरीरका लागि आवश्यक कोलेस्ट्रोल तयार गर्छ। यो हाम्रो शरीर सञ्चालनका लागि महत्त्वपूर्ण हुन्छ तर आवश्यकताभन्दा बढी कोलेस्ट्रोल भयो भने घातक मानिन्छ।

अझै  शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने मुटु रोग लाग्न सक्छ‚ जुन कोलेस्ट्रोल धेरै मात्रामा जनावरको उत्तम खानाबाट उपलब्ध हुन्छ। शरीर स्वस्थ हुन हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा पनि ठिक हुनुपर्छ। जसका लागि  प्राकृतिक रूपमा हाम्रो शरीरमा आवश्यकताभन्दा बढी रहेको र खराब कोलेस्ट्रोल घटाउन यी उपाय दैनिक अपनाउन सके कोलेस्ट्रोलको मात्रा ठिक हुन्छ।

कोलेस्ट्रोल कम गर्ने प्राकृतिक उपाय

नियमित माछा खाने

माछामा ओमेगा–३ फ्याटी एसिड हुन्छ जसले कोलेस्ट्रोलको स्तर सन्तुलनमा राख्न मद्दत गर्छ। यसका लागि टुना, साल्मन, ट्रट र सार्डिन माछा खानु राम्रो हुन्छ। 

दैनिक व्यायाम गर्ने

खराब कोलेस्ट्रोल घटाउने सबैभन्दा प्रभावकारी तरिका हरेक दिन व्यायाम गर्नु हो। यसका लागि दौड, हिँड्ने, पौडी खेल्ने, कार्डियो, योग र नृत्य जस्ता क्रियाकलाप दैनिक गर्न सकिन्छ। यसले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा ठिक गर्न मद्दत गर्छ। 

ट्रान्स फ्याट हुने खानेकुरा नखाने 

आफ्नो दैनिक आहारबाट ट्रान्स फ्याट हुने खानेकुरा बहिष्कार गर्नुहोस्। यसले कोलेस्ट्रोलको स्तर निकै बढाउँछ। यसको सट्टा, प्राकृतिक ट्रान्स फ्याट भएको दूध, चीज र डेयरी उत्पादन खानुहोस्।

चुरोट र रक्सी छोड्नुहोस्

धुम्रपान र मदिराको सेवन धेरै रोगको मूल कारण हो, जसका कारण शरीरमा खराब कोलेस्ट्रोल जम्मा हुन्छ र हृदयघातको जोखिम पनि बढ्छ। यो बानी आजैबाट छाड्नुहोस्।

घुलनशील फाइबर खानुहोस्

घुलनशील फाइबरको सेवनले प्राकृतिक रूपमा कोलेस्ट्रोलको स्तर घटाउँछ। यसका लागि आफ्नो आहारमा सिमी, मटर, जई, फलफूल र अन्न समावेश गर्नुहोस्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।