प्रकाश सपुतको दमाई महाराज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक प्रकाश सपूतले ‘दमाई महाराज’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा शान्तिश्री परियारको पनि स्वर छ । पूर्ववत् गीति भिडियोमा झै यसपाली पनि उनले फरक सामाजिक मुद्दालाई मियोमा राखेका छन् ।

उही कथानक शैलीमा मीठो भाका हालेर पेश गरेका छन् । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ । दमाईको गर्भमा जन्मिएको एउटा अबोध वालक मन्दिरमा प्रवेश गर्दा ‘अछुतो’ भयो भन्ने आडम्बरमाथि उनले कटाक्ष गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।