स्कर्टिङमा लान थालियो फोहोर, बञ्चरेडाँडामा एक सय बढी प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ।

अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले १ साउनदेखि फोहोर फ्याँक्न नदिने बताएसँगै काठमाडौंको फोहोर उठ्न सकेको थिएन।

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।

बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।