विमानस्थलबाट बरामद गरिएको सुनको तौल ‘ब्रेक शु’ सहित १५५ केजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राष्ट्रबैंकले स्कुटरका ‘ब्रेक शु’ जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ ।

त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुनेछ। पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्नेछ । आठ वटा पोकामा उक्त सुन राखिएको छ।

यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।

एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्। बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।