काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५०० का ६३३ थान नोटसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आज इन्डिगो एयरबाट काठमाडौंबाट भारत जाने क्रमममा त्रिभुवन विमानस्थलबाट भारतीय अरूण अम्बातकारलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट भारतीय २००० दरका ९ थान नोट पनि बरामद गरेको छ । उनको साथमा सुनजस्तो देखिने धातुको ब्रासलेट, पथर जडित एउटा औँठीसहित चारवटा औँठी र एउटा सिक्री पनि बरामद गरेको छ । जुन करिब १२७.८५ ग्रामको रहेको प्रहरीले जनाएको छ ।
Comment