काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई पाङ्ग्रेको प्रतिघण्टा २५ र चार पाङग्रेको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरेको छ ।
उपमेयर सुनिता डंगोलले महानगरभित्र पार्किङ सेवा दिनेहरुले फरक फरक शुल्क निर्धारण गरेको गुनासो आएकाले एकरुपता कायम गर्न शुल्क निर्धारण गरिएको जानकारी दिइन्।
त्यस्तै दुई पांग्रे सवारी साधन आधा घण्टा पार्किङ गरेमा १५ रुपैयाँ, एक घण्टा भन्दा बढी प्रति १५ मिनेटको ५ रुपैयाँ लाग्ने पनि उनले बताइन् । कार पार्किङमा आधा घण्टाको ४० रुपैयाँ र एक घण्टा भन्दा बढी पार्किङ गरेमा प्रति १५ मिनेटको १५ रुपैयाँ तोकिएको छ ।
Comment