आयातित वस्तुमा आयातकर्ता र वितरकको सबै विवरण खुल्नेगरी लेवल लगाउनु पर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आयातित सबै तयारी वस्तुमा आयातकर्ता र वितरकको विवरण खुल्नेगरी अनिवार्य रुपमा लेवल लगाउनु पर्ने व्यवस्था गरेको छ ।

बजारमा हुने नक्कली वस्तु विक्री वितरण रोक्न सरकारले साउन १ गतेबाट आयातित तयारी बस्तुमा आयातकर्ता र वितरकको सबै विवरण खुल्नेगरी लेवल लगाउनु पर्ने व्यवस्था अनिवार्य गरेको हो ।

भन्सारबाट आयातित हुने वस्तुहरु नियमभित्र रहेर पारदर्शी रुपमा उपभोक्ता खरिद गर्न सकुन भन्ने उदेश्यका साथ आयातिय तयारी वस्तुहरुको प्याकिङमा लेवल अनिवार्य गरिएको भन्सार विभागको जनाएको छ ।

साथै बजार अनुगमनका क्रममा ब्रान्डेड कम्पनीका नाममा स्टीकर राखेर खरिद विक्री हुने गरेको पाइएपछि अनिवार्य रुपमा सबै विवरण खुल्नेगरी लेवल लगाउनु पर्ने व्यवस्था गरिएको विभागको भनाई छ ।

विभागका अनुसार साउन १ गतेपछि कोही कसैले लेवल नलगाई तयारी वस्तुहरु विक्री वितरण गरेको पाइएको उपभोक्ता संरक्षण ऐन २०७५ अनुरुप कार्वावाही हुने वा ती सबै वस्तु जफत गर्ने कानुनी व्यवस्था रहेको छ ।

विभागले आर्थिक विद्येयक २०८० अनुरुप आयातित सबै वस्तुमा लेवल अनिवार्य लगाउनु पर्ने व्यवस्था गरेको जनाएको छ । यसअघि खाद्यान्न अन्र्तगतका वस्तु तथा औषधीहरुमा मात्र लेवल लगाउनु पर्ने व्यवस्था रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।