बालेन्द्रको कविता-‘एक दिन मर्नुपर्छ, कसैलाई याद हुँदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मानिसको मृत्युबारे यथार्थ वर्णन गरेका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमा कवितात्मक शैलीमा मानिस जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने भन्दै गल्ती गर्न नहुनेप्रति जोड दिएका छन् ।

उनले भनेका छन् -:

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ,

कसैलाई याद हुँदैन

दैनिक याद हुनु राम्रो कुरा पनि हैन

तर, बिर्सिनु पनि त सही छैन…

एक दिन यो पाउले धर्ती टेक्दैन

एक दिन यो शरीरले हुरी छेक्दैन

एक दिन यो आखाले संसार देख्दैन

एक दिन हातले मनको कुरा लेख्दैन

इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन

एक दिन,

हामी जति बिकाउ भए पनि

आत्माले आफू बेच्दैन !!

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।