अनुसन्धान नै नसकी प्रहरीले छाड्यो एलओडीका दुवै सञ्चालक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाबालिग बलात्कृत भएपछि काठमाडौंको ठमेलमा रहेको चर्चित लर्ड अफ ड्रिम्स (एलओडी) मा नाबालिग प्रवेश गराएको भन्दै पक्राउ परेका सो एलओडीका दुवै सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । एलओडीबाट निस्किएकी नाबालिग बलात्कृत भएकी थिइन् ।

त्यसपछि  जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी गरी ललितपुर प्रहरीले एलओडीका सञ्चालक रुदिल बल्लब श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो । घटना अनुसन्धानका लागि ललितपुर प्रहरीले ती दुवै जनालाई काठमाडौं प्रहरी परिसर पठाएको थियो । 

तर, जिल्ला सरकारी वकिल कार्यालयको रायअनुसार भन्दै सो प्रकरण अनुसन्धान नसकिँदै उनीहरूलाई काठमाडौं प्रहरीले छाडेको हो । काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले सरकारी वकिलको रायअनुसार उनीहरू हाजिरी जमानीमा छाडेको बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।