रास्वपाको चेतावनी-‘ अर्को बैठकमा मिटरब्याज सम्बन्धी विधेयक नआए संसद् चल्न दिन्नौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ ।

रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै उक्त चेतावनी दिएका हुन्।

 ‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ । यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन, ‘ 

‘म यो सदनलाई आह्वान गर्न चाहन्छु, कार्यसूचीमा यो मिटरब्याज अध्यादेश अथवा मिटिरब्याज पीडितको विषय आज किन आएन? कसका कारणले रोकियो?,’ ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’

सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।