आमाछोदिङमोका अध्यक्षको उदाहरणीय कामः पशुपालक किसानहरुलाई सोलार लाइट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकाले पशुपालन गर्ने गोठालोहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले  उज्यालो कार्यक्रम सञ्चालन गरेको छ ।

याक, नाक चौरी, तथा भेडाबाख्रा पाल्ने किसान घरमा नबसेर चरनका लागि टाढाटाढासम्म जाने भएकाले आमाछोदिङमो गाउँपालिकाले अँध्यारोमा बस्ने २२० किसानलाई  सोलार वितरण गरेको हो ।

पालिका भित्रका उच्च स्थानका खर्कमा लेकाली चौंरी गोठ वस्ने क्षेत्रमा भरपर्दो बत्तीको सुविधा नभएका अनकन्टार जङ्गलको बीचमा गोठमा बस्दै आएका गोठालो रातिको समयमा दुग्धजन्य पदार्थ उत्पादन,भण्डारण प्रशोधन,उनिहरूका बालबच्चाको पठनपाठनमा सहजता कृषकहरुलाई चौरीपालनमा प्रोत्साहन होस् भन्ने हेतुले सोलार बति वितरण गरिएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए ।

वन्यजन्तुबाट हुनसक्ने आक्रमण लगाएत यस क्षेत्रको गोठालोका परिवारलाई सुरक्षा तथा दैनिक कृयाकलापमा सहयोग पुर्‍याउने उत्पादनहरुको व्यवस्थापन गर्न कृषकलाई सहज हुने पनि अध्यक्ष तामाङको विश्वास छ ।

गत्लाङ, चिलिमे, ग्रे, गोल्जुङ, हाकुलगायतका गाँउपालिका पाँचवटै वडाकाचौंरी गोठ वस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, दियालो बाल्नुपर्ने बाध्यात्मक अवस्थामा सोलार वत्ती प्राप्त गरे पछि सो वस्तीका गोठालाहरू हर्सित भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।