काठमाडौं । विभिन्न बैकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान गाँउपालिका- १ का महमद मोजाहीद मिया रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मियाले अनलाईन मार्फत बिभिन्न बैकको आधिकारीक कर्मचारी हुँ भनी बैक खातासंग वालेट आईडीसंग जोडीदीने भन्दै ठगी गरेका थिए ।
मियाले सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्याई विभिन्न बैंक खातामा ११ लाख १२ हजार ८४० रुपैयाँ ट्रान्सफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मियालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।
Comment