काठमाडौं । भारतको हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा परेर एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वली रहेका छन् ।
जेठो छोरा भने घर बाहिर रहेकाले बाँच्न सफल भएका छन् । उनीहरूको सोमबार बिहान मृत्यु भएको हो । अविरल वर्षापछि आएको पहिरोले उनीहरू बसेको घर पुरेको थियो ।
Comment