विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी  । विषालु च्याउ खाँदा डोटीमा–११ जना बिरामी परेका छन् ।

जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर–५ इन्द्रचोकका ११ जना बिरामी परेका हुन्। विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। 

११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ९ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो। उनीहरू खतरामुक्त रहेको अस्पतालको भनाइ छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।