विद्युतीय गाडी सिट्रोन ई सी थ्री: आकर्षक मूल्यमा लोभलाग्दा फिचरहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विद्युतीय गाडी सिट्रोन ई सी थ्री नेपाली बजारमा प्रि–बुकिङका लागि खुला भएको छ ।

अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ । यसका दुई भेरियन्टहरु एक लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।

२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका रहेको छ ।

यसमा रहेको विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।

साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ ।

अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।