दिल्लीको उपचार खर्च बेहोर्ने राष्ट्रपतिको इच्छा मात्रै, ५५ लाख भुक्तानी गर्न अर्थलाई ताकेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । 

भारतमा गरिएको उपचार खर्च आफैं बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको भए पनि परराष्ट्र मन्त्रालयले उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २७९ रुपैयाँ रकम माग गर्दै सोमबार अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । 

अर्थ मन्त्रालयले राष्ट्रपतिको उपचारको बिल भर्पाइका लागि ५५ लाख ४ हजार ६५४ रुपैयाँसम्म दिन सकिने सहमति गरेको परराष्ट्रको पत्रमा उल्लेख छ । प्रचलित कानुन तथा स्वीकृत मापदण्डअनुसार अर्थको सहमति आएकाले सोमबार मात्रै परराष्ट्र मन्त्रालयले सचिवस्तरको निर्णय गरी उपचार खर्च भुक्तानी माग गरेको छ । 

भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेका थिए । सो खर्च भारत सरकारले व्यहोर्ने वा दिल्लीस्थित दूतावासमार्फत नेपाल सरकारले व्यहोर्ने भन्ने औपचारिक जानकारी सरकारले दिएको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।