बसन्तपुर क्षेत्रमा सवारी साधन लैजान प्रतिवन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध गरिएको छ ।

काठमाडौं महानगरपालिकालका मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् । काठमाडौंको पहिचान नै यहाँका सम्पदा भएको भन्दै उनले विश्वलाई सानसँग देखाउन सक्ने यस्ता सम्पदामा अब सवारी साधन रोकिने जनाएका हुन् ।

हजारौं पर्यटकले घुमफिर गर्ने यी क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको शान्त वातावरण कायम राख्न यस्तो निर्णय लिइएको उनले बताएका छन् । यस क्षेत्रमा सवारी साधन रोक्न माग भएपनि सरकारले निर्णय लिन सकेको थिएन । यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भिड लाग्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।