अब लघुवित्तसम्बन्धी गुनासो राष्ट्र बैंकमा दर्ता गर्न सकिने, फोन गर्दा पैसा नलाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब नेपाल राष्ट्र बैंकमा लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो दर्ता गर्न सकिने भएको छ ।  केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरूसँग सम्बन्धित गुनासो सुन्न छुट्टै हेल्प डेक्सको स्थापना गरेको हो।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकाराला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि केन्द्रीय बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेक्सको स्थापना गरेको हो । 

बैंकको गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो टिपाउन पैसा नलाग्ने (टोल फ्रि) नम्बरमा फोन गर्न सकिनेछ भने राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टलमा गएर समेत आफ्ना समस्या टिपाउन सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।