एनआइएमबि एस क्यापिटलको एकिकृत कारोबार सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको छ । आज सोमबारबाट एनआइएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

प्राप्ति पश्चात कम्पनीको चुक्ता पूंजी ४७ करोड भएको छ। त्यस्तै कम्पनीमा ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता भएका छन् । कम्पनीले ७ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिने छ भने हाल ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिष्ट्रारको कार्य गरिरहेको छ।

यस प्राप्ति पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास लिएको क्यापिटलले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।