साफ च्याम्पियनसिप: लेबनानलाई हराउँदै भारत फाइनलमा, उपाधिका लागि कुवेतसँग भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आमन्त्रित टोली लेबनानलाई पेनाल्टी सुटआउटमा ४–२ ले पारजित गर्दै घरेलु टोली भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बेङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलको निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

भारत समूह ‘ए’ को विजेता तथा लेबनान समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । कुवेत बंगलादेशलाई १० ले पराजित गर्दै फाइनल पुगेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।