काठमाडौं । पहिलो र दोस्रो संस्करणको आइसीसी एकदिवसीय विश्वकपको च्याम्पियन टोली विश्वकप छनोटबाट बाहिरिएको छ ।
हरारेमा भएको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित हुँदै वेस्ट इन्डिज बाहिरिएको हो ।वेस्टइन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
स्कटल्यान्डको जितमा म्याथ्यु क्रस १ सय ७ बलमा ७ चौकासहित ७४ रनमा अविजित रहे । पराजित भएसँगै वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने दोस्रो टोली बन्ने छ । यस अघि ओमान सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बनिसकेको छ
Comment