उपसभामुखको गुनासो-‘संसद्‌मा मेरो फोटो राखिएन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखमा निर्वाचित भएकी इन्दिरा रानामगरले आफ्नो सेवा, सुविधा र व्यक्तिगत विषयलाई लिएर गुनासो गर्न थालेकी छन्। उपसभामुख रानाले संसद्‌मा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। 

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्‌मा सभामुखको राख्‍ने गरे पनि उपसभामुखको नराखिएको बताएकी छन्। 

उनले आफू केही समयअघि सिंगापुरको संसद भवनमा गरेको भ्रमणबारे बताउँदै संसदमा राखिएका सभामुखका तस्बिरबारे बताएकी थिइन्। त्यहाँको संसदमा विगतदेखि वर्तमानसम्मका सभामुखको तस्बिर राखेको पनि उनले बताइन्। 

‘अस्ति म सिंगापुर गएको थिएँ। डब्ल्युटिओको कन्फ्रेन्समा। त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ? त्यो विकास क्रमअनुसार त्यसरी राखिएको छ अभिलेखको रूपमा,’ उनले भनिन्। 

तर नेपालमा त्यस्तो भएन। ‘हामीमा खै त त्यस्तो? भित्र पस्‍ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ। हाम्रो त फोटो नै छैन,’ उनले भनिन्, ‘उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ। यो कुरा मनन गर्नुपर्छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।