बुटवल, पाल्पा आसपासमा अत्यधिक वर्षा, तिनाउ नदीमा खतराको संकेत पार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको स्तर नाघेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको वर्षा हुने क्रम बढ्दै गएको छ।

जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ। तिनाउ नदीले बुटबलस्थित खतराको संकेत पार गरेको छ। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सहत ६.८८ मिटर पुगेको छ। जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।