पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि सडक अवरूद्ध भएको हो। 

तीन किलोमा सुख्खा पहिरो खसेपछि बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।

त्यही ठाउँमा आज बिहान पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ। अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधन गन्तव्यतर्फ गइरहेका थिए।

पुनः पहिरो खसेसँगै सवारी साधान रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्छन्।

पहिरो पन्छाउने काम शुरु गरिएको छ। पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।