कुवेतको अल मुजैनी एक्सचेन्जबाट इ–सेवा मनी ट्रान्सफरको रेमिटेन्स सेवा सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इ–सेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेञ्जबीच रेमिटेन्स भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले इ–सेवा मनी ट्रान्सफरमार्फत सुरक्षित रूपमा नेपालमा रहेका आफन्तहरूलाई पैसा पठाउन सक्ने बताइएको छ।

कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ वटा शाखाहरूबाट इ–सेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालमा रहेका आफन्तलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इ–सेवा वालेटमा तुरुन्त पैसा पठाउन सकिने कम्पनीको भनाइ छ।

नेपालभरी रहेका इ–सेवा मनी ट्रान्सफरका १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इ–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै इ–सेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

साथै, पठाएको नगद सोझै इ–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ।

इ–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने ‘अल मुजैनी एक्सचेन्ज जस्तो प्रतिष्ठित रेमिटेन्स कम्पनीसँग रेमिटेन्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ।’

उनले थपे ‘कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरूले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीहरूको बसोबास रहिआएकोले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ।’

अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीका कुवेतमा ११८ वटा शाखा सञ्चालनमा रहेका छन् ,जसले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।